दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु

दाङमा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटाका २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको सोमबार

घरमै करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक्रम शाहले बताए ।करेन्ट लागेर बासुकी भाउजु २७ वर्षीया भिमा गाहा मगर घाइते भएकी छिन् । भिमालाई घरभित्र कपडा सुकाउने क्रममा करेन्ट लागेको थियो ।

भिमालाई बचाउन खोज्दा हिमा र हिमालाई बचाउन खोज्दा बासुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।तारलाई लट्ठीले हानेर छुटाउन खोज्दा तार नै चुँडिएपछि श्रीमान्–श्रीमतीलाई नै करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको शाहले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post