
विवादमा मुछिएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुनर्नियुक्त भएकोमा विरोध गर्दै प्रदर्शन गर्नेहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ।युथ कंग्रेस नेपालले बजेट निर्माणमा अनधिकृत व्यक्ति बाट
करका दर हेरफेर गरेको आरोप लागेका शर्मामाथि संसदीय छानबिन समितिले राम्ररी छानबिन नगरी क्लिन चिट दिएको र उनलाई फेरि अर्थमन्त्री बनाइएको भन्दै विरोध प्रदर्शन गरेको हो।
बानेश्वरस्थित संसद भवनअगाडि सोमबार साँझ प्रदर्शन गर्नेहरूमध्ये केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।