विद्यालयको तीन तला माथिबाट खसिन् छात्रा


विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयको भवनबाट खसेर एक छात्रा गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार विद्यालयको तीन तलामाथिबाट खसेर बुधबार बिहान कक्षा १० मा अध्ययनरत १६ वर्षीया युनिका चौधरी घाइते भएकी हुन्। उनको घर सप्तरीको बोदेवरसाइन गाउँपालिका–३ हो। सुन्दरहरैँचा–१२ का भोला खतिवडाको घरमा डेरा बसेर उनी सो विद्यालयमा अध्ययन गर्थिन्।

प्रहरीले बिहान ८ बजेतिर घटनाको जानकारी पाएको हो। विद्यालय भवनको तीन तलामाथिबाट बिहान ६:१५ बजेतिर आफैँ हामफालेर घाइते भएको जानकारी प्रहरीलाई विद्यालयले दिएको थियो।

घाइते छात्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ। खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेकी उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। अनुसन्धानपछि मात्रै छात्रा आफैँले हामफालेको हो कि अचानक घटना भएको हो भनेर यकिन हुने उनले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post