
आफ्नै बुबाका कारण १५ महिने छोरीले अनाहकमा मृ,त्युवरण गरेकी छिन् । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्ग लमा लगेर छाडिदिएका थिए ।
२४ घण्टासम्म जङ्गलमा अलपत्र परेकी अना मिकाको भो कैप्यासै चिसोमा कठ्याङ्ग्रिएर मृ,त्यु भएको आफन्तजनले जनाएका छन् । शनिबारदेखि हराएकी उनी आइतबार दिउँसो बेनी नगरपालिका–१ अर्जमको जङ्गलमा भेटिएकी थिइन् ।
उद्धारपछि अस्पताल ल्याउँदा ल्याउँदै अनामि काले प्राण त्यागे को उनका काका गौतम बोहो राले जानकारी दिए । अनामिका को आइतबार बेलुका धवलागिरि अस्पतालमा निध,न भएको थियो । त्यसअघि बेनी–१ रत्नेचौरस्थित स्वास्थ्य चौकीमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो ।
उद्धारमा पुगेका बेनी–१ का वडा सदस्य ताराप्रसाद थापाले गाउँलेले रोएको सुनेपछि बालिका फेला परेको सुनाए । `अर्ज मदेखि खबरा जाने सडक नजिक गैँडाराको जङ्गलमा भेटिएकी थिइन्, झट्ट शरीर हेर्दा सकुशल नै जस्तो देखिन्थ्यो तर भित्र गम्भीर असर गरिसके को रहेछ`, उनले भनिन् ।
स्वास्थ्यकर्मीले अवस्था गम्भीर रहेकाले छिटो अस्पताल पुर्याउन भनेपछि उनलाई तत्कालै धवलागिरि अस्पताल ल्याइएको थियो । `बाटो मा ल्याइन्जेल पनि रोइरहेकी थिइन्, श्वास पनि राम्रै फेरेझैँ लाग्थ्यो`, गौतमले भने, `अस्पतालमा ल्याएको केही समयमै डाक्टरले मृ,त घोषणा गरे ।`