श्रीमतीले अचानोले हान्दा श्रीमानको मृत्यु

चितवनमा श्रीमतीको अचानो प्र,हारबाट श्रीमानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ पार्वतीपुरमा ५६ बर्षीय टिकाराम बिकको मृत्यु भएको हो ।

अपरान्ह ४ बजेर २० मिनेटमा उनकै निवासमा बिकलाई प्रहरीले मृत अवस्थामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार बिहान अन्दाजी १०ः०० बजेको समयमा श्रीमान श्रीमती बिच झगडा हुँदा श्रीमती ५४ बर्षीय बिनमाया बि.क. ले घरमै रहेको अचानोले टाउकोमा हान्दा उक्त चोट लागेको हो ।

मृतक बिकलाई आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओच्छयानमा लडिरहेको अवस्थामा भेटिएको थियो । प्रहरीले चुक्कुल फुटाएर हेर्दा बि.क. खुट्टाले भुईमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो अवस्थामा रहेको र तालुको भागमा काटेको चोट रही उक्त काटेको चोटबाट अत्यधिक रक्तश्राव भई सिरानीमा जमेको अवस्थामा फेला पारेको थियो ।

प्रहरीले मृतकको श्रीमती बिनमाया लाई नियन्त्रणमा लिएको छ । मृतक लाश पोष्टमार्टमको लागि भरतपुर सरकारी अस्पताल पठाईएको छ र यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post