गुल्मी : शनिबार विहान जिल्लाको इस्मा गाउँपालिका–१ को हर्पुकोट गाउँ नजिकै बसेनी सामुदायिक वनमा फेला परेको शवको पहिचान खुलेको छ ।
त्यस वडाका वडाध्यक्ष शेरबहादुर कुँवरका अनुसार मृत महिला मुसिकोट नगरपालिका–२ अमराई खस्थोक गाउँकी ७९ वर्षीया बृद्धा सेती देवि पछाईको रहेको खुल्न आएको हो ।
वडाध्यक्ष कुँवरका अनुसार विहान सञ्चार माध्यमा समाचार आएपछि आफन्तजन श व हेर्न आएका थिए । मृतक बृद्धाको कपडा र झोला रहेको सामग्रीका आधारमा श व को पहिचान गरिएको हो ।
ती बृद्धाको विवाह मुसिकोट नगरपालिका–१ पौदीअमराईस्थित रामचन्द्र खातीसँग भएको र सन्तान नभएका कारण उनी मुसिकोट–२ अमराईस्थित माइती घरमा बस्दै आएकी थिइन् ।शवको पोस्ट मार्टमको लागि अहिले गुल्मी अस्पताल तम्घास ल्याईएको छ।