एउटै घरका तीन जना मिलेर छिमेकिको हत्या गरेपछि ...

रौतहट । रौतहटमा छिमेकीको कुटपिटबाट एक जनाको ज्यान गएको छ । साउन २८ गते चन्द्रपुर नगरपालिका-४ पैनीटोलका ७७ वर्षीय रामगोपाल घिमिरेलाई कुटपिट गरिएको थियो । 

कुटपिटबाट गम्भीर घाइते घिमिरेको उपचारका क्रममा भदौ ५ गते काठमाडौंमा मृत्यु भएको हो ।प्रहरीले कुटपिटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

घिमिरेका छिमेकी रामचन्द्र चौधरी, उनकी श्रीमती ४६ वर्षीया प्रमिला चौधरी र छोरा २२ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले जानकारी दिए ।

चौधरीले बंगुरको फोहोर घिमिरेको घरअगाडि फालेपछि विवाद भएको थियो । त्यस क्रममा कुटपिटबाट घाइते भएका घिमिरेलाई तत्काल रौतहटकै सिभिल अस्पताल लगिएको थियो ।अस्पतालले उनलाई थप उपचारका लागि काठमाडौं रेफर गरेको थियो ।

भदौ ३ गते अस्पतालबाट डिस्चार्ज भएका घिमिरे काठमाडौंमा आफन्तकोमा थिए । तर भदौ ५ गते पुनः बिरामी भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएपछि कुटपिटमा संलग्नलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाविरुद्ध जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान थालिएको डीएसपी मल्लले जानकारी दिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post