प्युठानमा जीप दुर्घटना: दिदीबहिनीसहित तिन जनाको मृ’त्यु, १४ घाइते

प्युठानको नौवहिनी गाउँपालिकास्थित बाहाने बजार नजिकै जीप दुर्घटना हुँदा एकै घरका दुई दिदीबहिनीको मृ’त्यु भएको छ।

दुर्घटनामा सानो डाम्री निवासी तीन वर्षिया करुणा बुढामगर र दुई महिनाकी चेतना बुढामगरको मृ’त्यु भएको नौवहिनी गाउँपालिका अध्यक्ष डिलाराम थापामगरले जानकारी दिए।उनीहरूको उपचारको क्रममा प्यूठान अस्पतालमा मृ’त्यु भएको हो।

आइतबार बाग्दुलाबाट डाम्रीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्वरको जीप दुर्घटना भएको हो।मृतककी आमा रेमसरा बुढामगर र बुढा हुम बहादुर बुढामगर गम्भीर घाइते छन्। दुर्घटनामा परी १४ जना घाइते भएका छन्।

उनीहरूको प्यूठान अस्पतालमा उपचार भइरहेको छ।बाहाने बजार नजिकै खहरे खोलामा अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयले जनाएका छन्। प्रहरीका अनुसार चालक नियन्त्रणमा छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post