१२ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरे पछि ...

सुर्खेतको गुर्भाकोट नगरपालिकामा १२ बर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।

प्रहरीले जबर्जस्ती करणी उद्योग अन्तर्गत मुद्दा अघि बढाएको छ । प्रहरीकहाँ जाहेरी आएपछि उनका बुबालाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार गत बुधबार राती उक्त घटना घटेको र त्यसको ठिक २ दिनपछि शनिबार मात्रै घटना सार्वजनिक भएको हो ।

उनले भने, ‘बालिकालाई बलात्कार गरेको जानकारी आफन्तले दिएपछि प्रहरी चौकी मेहलकुनाबाट गएको प्रहरी टोलीले ती बाबुलाई नियन्त्रणमा लिइएको छ ।

हामीले अहिले अनुसन्धान गरिरहेका छौं ।’उनका अनुसार पीडित बालिकाको प्रदेश अस्पताल सुर्खेतमा स्वास्थ्य परीक्षण गरिएको छ । प्रहरीले बाबु छोरीको नाम सार्वजनिक गरेको छैन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post