बन्चरेडाँडामा तनाव, अश्रुग्यास लागेर एक घाइते

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापन विषयमा बन्चरेडाँडा ल्यान्डफिल्ड साइट मंगलबार दिनभरि तनावग्रस्त बनेको छ ।

विभिन्न मागसहित स्थानीयले फोहोर बोकेका गाडी अवरोध गरे भने सरकारले प्रहरी प्रशासनको सहयोगमा बलजफ्ती फोहोर विसर्जन गर्ने कदम चाल्यो ।स्थानीय र प्रहरीबीच दिनभर नै स्थिति तनावपूर्ण रह्यो ।

बाटोबाटोमा प्रहरी खटाएर फोहोर विसर्जन प्रयास गरिए पनि डाँडा, खेत, पाखामा बसेका स्थानीयले ढुंगा बोकेर अवरोध गरिरहे । प्रहरीले डाँडामा भेला भएर ढुंगा हान्ने स्थानीयलाई तितरबितर पार्दै फोहोर व्यवस्थापन गरेको छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रहरीले बलजफ्ती फोहोर फाल्न खोज्दा झडपको स्थिति आएको हो । झडपक्रममा प्रहरीको अश्रुग्यास लागेर एक स्थानीयवासी घाइते भएका छन् । धुनिबेंसी–१ चिलाउनेका करिब २६ वर्षीय कमल तामाङ प्रहरीको अश्रुग्यासको सेल लागेर घाइते भएका हुन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post