गर्भपतन गराएको ३ दिनमै मृ’त्यु , श्रीमान पक्राउ

सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा एक महिलाको मृ’त्यु भएको विषयलाई लिएर प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ ।

इटहरी उपमहानगरपालिका ५ की मनिला बुढाथोकीको गर्भपतन गराएको ३ दिनमै असामान्य मृ’त्यु भएपछि माइती पक्षले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको हो ।माईती पक्षले मनिलाको हत्या गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा उनका श्रीमान ३४ बर्षीय कोईन्द्र लुईटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले जानकारी दिए ।

साउन २३ गते गर्भपतन गराएकी मनिलाको २६ गते मृ’त्यु भएको थियो गर्भपतन गराएपछि अत्याधिक रक्तश्राब भएर विराट मेडिकल कलेजमा उपचारको लागि ल्याएको भनिएकी महिलाको उपचारकै क्रममा मृ’त्यु भएको परिवारले बताउँदै आएको छ ।

माईती पक्षले भने उनको ह’त्या भएको जनाएको छ । माईती पक्षले कर्तब्य गरि ह’त्या गरेको भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले लुईटेललाई पक्राउ गरेको जनाएको छ। मनिलाको पछाडिको भागमा तथा घाँटीमा पनि नीलडाम रहेको भन्दै परिवारले ह’त्या गरेको माईती पक्षको आरोप छ । मृ’तकका मामा होमबहादुर खड्काले ह’त्या नै भएको आरोप लगाए ।

मनिलाको घाँटी, पिठ्यूँ लगायतको स्थानमा निलो दाग रहेकोले उनले बताए । श’बको आइतवार नै पोस्टमार्टम भएकोले रिपोर्ट आएपछि धेरै कुरा थाहा हुने डिएसपी राईको भनाई छ । पक्राउ परेका लुईटेलमाथि अनुसन्धान थालेकोले सुनसरी जिल्ला अदालतमा कर्तब्य ज्यानमा म्याद थपको तयारी भईरहेको डिएसपी राईले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post