प्युठानमा भएको जीप दु,र्घटनामा परी एकैघर का दुई सहित तीन जनाको मृ,त्यु भएको छ भने १३ जना घा,इते भएका छन्।दुई जना भने उपचारपछि घर फर्किएका छन्।
जिल्लाको नौब हिनी गाउँपालिका वडा नम्बर ६ बहाने नजिक खहरेखोलामा आइतबार बेलुकीपख लु१ ज १५४५ नम्बरको जीप दु,र्घटना भएको थियो ।उक्त जिप दुर्घटनामा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृ,त्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सत्यनारायण था पाले दिदीबहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृ,त्यु भएको उपरीक्षक थापाले बताए।
दु,र्घटनामा दुई छोरीहरू गुमाएकी आमा २५ वर्षीया रेमसरा बुढा र उनका श्रीमान २८ वर्षीय हुमबहादुर बुढा पनि घाइते भएका छन्।उनीहरूको अवस्था मध्यम रहेको तथा जिल्ला अस्पताल बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले बताएका छन ।
नौबहिनी-५ कै थप दुई गम्भीर घा,इते ३० वर्षीय दलबहादुर खत्री र २८ वर्षीय मिनराज राना क्षत्रीलाई थप उपचारका लागि बुटवल पठाइए को डिएसपी थापाले बताए। घा,इतेमध्ये १८ वर्षीय धनबहादुर थापा मगर र १८ बर्षीया लक्ष्मी घर्ती मगर उपचारपछि घर फर्किएका छन्।
अन्य घाइ,तेको बिजुवारमै उपचार भइरहेको डिएसपी थापाले बताए।आइतबार बुलुकी ५ बजेतिर जिल्लाको बाग्दुलाबाट डार्मीतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप नौबहिनी– ६ बहाने बजारनजिकै दुर्घटनामा परेको थियो।
डिएसपी थापाका अनुसार स्टेरिङ र ब्रेकले काम नगरेपछि जीप दुर्घटनामा परेको आशंका छ। जीप झन्डै ३५ मिटर तल खसेको थियो ।‘पानी परेको पनि छैन र सडक अप्ठ्यारो पनि होइन,’ डिएसपी थापाले भने, ‘स्टेरिङ र र ब्रेकले काम नगरेपछि दुर्घटना भएको हुन सक्ने अनुमान छ।’