काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपास मनमैजु मार्गबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मी भक्त मानन्धरको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाईजुवातास खेलिरहेको अवस्थामा नगद ३६ हजार रूपैयाँ र ८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
अब अन्य थप समचार पाठेघरसम्बन्धी समस्याले पीडित राईलाई आर्थिक सहयोग शल्यक्रियापछि पाठेघरसम्बन्धी समस्याले पीडित बनेकी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी चन्द्रकुमारी राईलाई आर्थिक सहयोग जुटेको छ ।
करिब १८ वर्षअघि बच्चा जन्माउनका लागि शल्यक्रिया गरेको केही समयपछि पेटमा मासुको डल्लोनिस्किएकाे थियाे ।राईलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ३७ हजार १६५ रुपैयाँ सहयोग जुटेको हो ।
स्वदेश तथा विदेशमा रहेका १९ जना शुभेच्छुक तथासहयोगीबाट जुटेको रकम शनिबार विष्टले समाजसेवी सरिता राई र कांग्रेसका जन्तेढुंगा गाउँपालिका सचिव शम्भु राईको उपस्थितिमा चन्द्रकुमारलाई हस्तान्तरणगरेका छन् ।
शल्यक्रियाको असरले पेटमा झुण्डिएको मासुकाे डल्लाे दुख्न थालेपछि चन्द्रकुमारीलाई छरछिमेक तथा आफन्तको सहयोगमा कीर्तिपुर अस्पताल लगेका थिए । आफन्तकै सहयोगमा अप्रेसन गरिएकाे छ ।