बर्दीमा रहेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक(सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धन ग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि।
उनीमाथि का,रबाहीको प्रक्रिया अघि बढाइएको छ ।सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खो,सेर का,रबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अ श्लील नृत्य गरेपछि नेपाल प्रहरीको चारैतिर आलोचना भएको छ।
कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अ,श्लील नृत्य गरेका थिए।
धार्मिक मेलाको अवसरमा आयोजक समितिले अश्लील भोजपुरी गीतको नृत्य आयोजना गरेपछि मा-तिएर सई साह स्टेजमा नै चढेर नर्तकीसित टाँसिई टाँसिई अ श्लील नृत्य गरेपछि प्रहरीको आलोचनासँगै भिडियो भाइरल भएको छ।
शान्ति सुरक्षामा रहनुपर्ने प्रहरी नै अ श्लील नृत्य गर्न थालेपछि प्रहरीको आलोचना व्यापक भएको छ। सईको आलोचना भएपछि प्रहरी कार्यालय रौतहटले सई साहलाई कारबाहीको लागि तानिसकेको छ।
साहले अ श्लील नृत्य गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयले तत्काल कारबाहीको लागि सई साहलाई तानिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि वीरबहादुर बुढामगरले जानकारी गराए।