अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गयो : पाँच जना घाइते

काठमाण्डाै - सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।दुर्घटनामा घाइते भएका कालीमाटी गाउँपालिका–१

लक्ष्मीपुरकी ३० वर्षीया धनी पुन र ७० वर्षीया कमला पुनको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका–१०

नयाँ गाउँ नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post