फेरि झापाको दमक नगरपालिका–४ चियाबगानमा हिजो बेलुकी कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेकाछन् ।कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।
पैदल हिंडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो ।कार सहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले उस लाई नियन्त्रणमा लिएको छ ।