के भयो निता ढुङगानालाई एक्कासी अस्पतालमा भर्ना भइन

नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार आइतबार दिउसो लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम तय गरेकी नीता उद्घाटनमा जाँदै गर्दा बाटोमा नै अचानक पेट देखेपछि बाटोबाटै अस्पताल गएकी थिइन् ।

नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे ।नीताको आज अपरेसन हुने बताइएको छ । उनले केही दिन पहिले मात्र हरिहर सँग बिहे गरेकी थिइन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post