
केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरती मा सहभागी हुने भएका छन् पूर्वप्रधानम न्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगाआरतीमा सहभागी हुने भएका छन् ।
१६ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार साँझ पशुपतिको गंगा आरतीमा सहभागी हुने भएका छन् ।
पशुपति क्षेत्रविकास कोषका अनुसार ‘पशुपति बागम ती गंगा आरती परिवार’को वार्षिकोत्स वमा सहभागी हुन ओली पशुपति जान लागेका हुन् कोषका कार्यकारी निर्देशक घनश्यामखतिवडाका अनुसार ओलीले गंगा आरतीमा सहभागी भएर पशुपति दर्शन गर्नेछन् ।
पशुपति क्षेत्र विकास कोषले मूल मन्दिरभित्र हुने आरतीकै शैलीमा बागमती नदीपारि खुला स्थानमा आरती गर्न पशुपति बागमती गंगाआरती परिवारलाई अनुमति दिएको छ । साउन महिना भर पशुपतिमा भक्तजनहरुको ठूलो घुइँचो लाग्ने गरेको छ ।