मेरो साथी पल शाहको लागी गाली मात्र होइन गोली पनि खान तयार छु : दुर्गेश थापा ( भिडियो )

दुर्गेश थापा सफल मोडल,गायक हुन्।उनी आफूलाई पर्फमर भन्न रुचाऊँछन्।थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेका दुर्गेश थापा ले माओबादी जन युद्धको समयमा सांस्कृतिकक

र्मीका रुपमासंलग्न रहेका थि तर त्यहाँ ऊनी धेरै समय भने टिक्न नसके पछि भागेर भारतीय आर्मीमा भर्ती हुन पुगेका थिए।त्यहाँ समेत टिक्न नसकेर तालिम गर्दागर्दै भागेर काठमाण्डौं आएर गीत-संगीत क्षेत्रमा लागेका हुन्।मोडलिंगबाट दुई-दर्जन भन्दा अवार्ड प्राप्त गरिसकेका दुर्गेशले बिभिन्न एल्बम निकालेका छन् भने मेला ,महोत्सवहरुमा उनको अत्याधिक ऊपस्थिती हुने गर्छ।

राम्रो कमाई र सफलताको स्वाद चाखिरहेको समयमा अभिनेता पल शाहलाई फसाएर जेल पठाऊन मुख्य भूमिका खेलेको भन्दै पल शाहलाई गाली गर्ने अत्या धिक दर्शक,स्रोता छन्।जस्को कारण दुर्गेशलाई बहि ष्कार गर्ने अभियान मात्र चलेन ऊनलाई मेला,महोत्सव र विभिन्न कन्सर्टमा बोलाऊन नै आयोजकहरुले बन्द गरिदिए।

द प्रकाश सुवेदी शो’ मा प्रकाश सुवेदी सँग कुराकानी गर्दै पल शाहलाई फसाऊँनमा आफ्नो कुनै हात नरहेको र यदी आफ्नो हात रहेको र आफूले गल्ती गरेको भए आफूमाथी गरिएको गाली आफूलाई लागोस् र गल्ती नभए गाली गर्ने दर्शकलाई लागोस् भन्दै आक्रोश पोखे।

दर्शक-स्रोताले गरेका गालीले आफूलाई केहि नहुने भन्दै यस्तो गाली आफूले पचाईसकेको भन्दै आफूले काम पाईरहेको र आफूलाई गालीले कुनै असर नपर्नेमा थापा ढुक्क देखिए।काम नपाएकाले मलाई गाली गर्ने गरेका हुन् भन्दै दुर्गेश थापाले पल शाह प्रकरणमा दोषी समीक्षा अधिकारी स्वयं नै रहेको दाबी गरे।

पल शाहलाई जेलमा गएर चार पटकसम्म भेटिसकेको भन्दै जेलमा पल शाहसँग हाँसखेल गर्ने कुराको दुर्गेशले बताए।पल शाह बाहिर आएपछि सबै कुरा ठिकठाक हुने र पल शाह

चाँडै बाहिर निस्किनेमा आफू आशाबादी रहेको थापाको भनाई छ।साथी पल शाहको लागी गाली मात्र होइन गोली पनि खान तयार रहेको थापाको भनाई छ।

हेर्नुहोस् भिडियो 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post