काठमाडौंमा स्कुल बस चलाउने पाँच चालक परे का,रबा,हीमा गरेछन यस्तो हर्कत

काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्।

आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थसेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्या लयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

कार्यालयले साउन ८ गतेदेखि स्कुल बस निर्दे शिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाध नहरूलाई कारबाही तथा सचेत गराउने अभियान सञ्चा लन गरेको थियो।

त्यसअनुसार आइतबार बिहान चेकजाँच गर्दा १६ बस चालकले विभिन्न ट्राफिक नियम उल्लंघन गरेको हुँदा कारबाही गरेको भट्टले बताए।

ती मध्ये पाँच स्कुलका बस चालकले भने मापसे गरेको पाएको हो।एसएसपी भट्टले यस अभियानलाई निरन्तर सञ्चालन गर्ने जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post