धरानबाट एक युवती पक्राउ यस्तो डर लाग्दो काम गर्ने रहिछन्

धरान–१६ की एक महिलाले मानव बेचविखन तथा ओसार पसार मुद्दामा १० बर्ष जेल बस्नुपर्ने भएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट 

खटिएको प्रहरी टोलीले धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई पक्राउ गरेको थियो ।अदालतले फैसला गरेपछि फरार उनलाई प्रहरीले पक्राउ गरेर कारागार चलान गरेको छ ।

जिल्ला अदालत सुनसरीको गत २०७८ जेठ २२ गतेको फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको थियो । सजाय भुक्तान नगरी फरार रहेकी उनलाई पक्रिएर जेल चलान गरियो ।

उनलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी लिम्बूलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post