नुवाकोटकी सन्जिता मृत फेला, छोरा युनिकको यस्तो अवस्था…

नुवाकोटमा त्रिशुली नदीले बगाएर बेपत्ता भएका आमा-छोरा मध्ये आमाको शव फेला परेको छ।गत शनिबार दिउँसो बिदुर नगरपालिका-३

ढोडेनी बस्ने ३२ वर्षीया सन्जिता भन्ने मोतिमाया श्रेष्ठलाई खोलाले बगाएको थियो।

उनका ७ वर्षीय छोरा युनिक श्रेष्ठलाई बगाउँदा बचाउन जानेक्रममा सन्जितालाई पनि बगाएर बेपत्ता बनाएको थियो। त्यसको एक हप्तापछि शनिबार बिहान सन्जिताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

सन्जिताको शव बेलकोटगढी नगरपालिका-७ खाल्टेस्थित त्रिशुली नदी किनारमा फेला परेको हो। ७ वर्षीय युनिक भने अझै बेपत्ता छन्। उनको पनि खोजी भइरहेको कार्यालयले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post