यिनै हुन पुर्बप्रधानमन्त्री माथी गोलि प्रहार गर्ने ब्यक्ती…

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेमाथि शुक्रबार देशको पश्चिमी हिस्सा नारामा एक सडकमा भाषण दिइरहेका बेला गोली प्रहार गरियो ।

प्रहरीले ४१ वर्षका संदिग्ध हमलाक र्तालाई पक्राउ गरिसकेको छ ।उनले आबेलाई गोली हानेपछि भाग्ने कोसिस गरेका थिएनन् ।संदिग्ध हमलाकर्तालाई नाराको निशी प्रहरी स्टेशनमा लगिएको छ । उनको पहिचान तेत्सुया यामा गामीको रुपमा भएको छ । उनी नारा सिटीकै बासिन्दा भएको बीबीसीले बताएको छ ।

शिन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले आबेलाई पछाडिबाट गोली हानिएको थियो । पहिलो गोली मिस भएपनि दोस्रो गोली भने उनलाई लागेको बताइएको छ ।

एनएचकेको रिपोर्ट अनुसार आबे घाइते अवस्थामा बेहोस छन् । एम्बुलेन्सलाई राख्ने बेलासम्म उनलाई होस भएको पनि बताइन्छ ।

आबेलाई गोली लागेपछि हृदयघातसमेत भएको खबर आइरहेको छ ।

Post a Comment

Previous Post Next Post