श्रीमती र भाउजूमाथि खुकुरी प्रहार गरे पछी ....

मोरङ / मोरङको कानेपोखरीमा एक व्यक्तिले श्रीमती र भाउजूमाथि खुकुरी प्रहार गरेका छन्। कानेपोखरी गाउँपालिका–६ का ३८ वर्षीय आकाश लिम्बूले आइतबार राति आफ्नै श्रीमती र भाउजूमाथि खुकुरी प्रहार गरेका हुन् ।

आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन्। खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङले जानकारी दिएको छ ।

उनकाअनुसार घरयासी विवादका क्रममा आकाशले श्रीमती रोजिनामाथि राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेको खुलेको छ। रोजिनामाथि प्रहार हुन थालेपछि छुट्याउन आएकी भाउजू मनमायालाई पनि आकाशले खुकुरीले हानेको बताइएको छ । घटनापछि आकाशलाई प्रहरीले पक्राउ गरेको छ। आकाशलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post