झापाको बुद्धशान्तिमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु, २ घाइते

पिकअप गाडीको ठक्करबाट झापाको बुधवारेमा आज दिउँसो एकजना अटो चालकको मृत्यु भएको छ । बुद्धशान्ति ७ का ४१ वर्षीय भानु खड्काको दुर्घटनामा मृत्यु भएको हो ।

वीएण्डसी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।म १ ह ४६४४ नम्वरको अटोका चालक खड्कालाई को २ च २०६३ नम्वरको पिकअप गाडीले पछाडिबाट ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते भएकामध्ये खड्काको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए ।

घटनामा स्थानीय बिना सेन्चुरी र इन्दिरा राई घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । ठक्कर दिने पिकअप गाडीका चालक जिल्ला इलाम सूर्योदय १० का ५१ वर्षीय दिलिपकुमार प्रधान प्रहरीको नियन्त्रणमा छन् ।

Post a Comment

Previous Post Next Post