दुई ओटा बस ठोक्किँदा आठ जनाको ज्यान गयो


भारतको उत्तर प्रदेशमा दुई ओटा बस एकआपसमा ठोक्किँदा आठ जनाको ज्यान गएको छ । सोमबार भएको सो दुर्घटनामा करिब २० जना घाइते भएका छन् ।

तीन जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउको ट्रमा सेन्टरमा रिफर गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । दुबै बस बिहारबाट दिल्लीको यात्रामा थिए । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ । चालकको लापरबाही, पुराना सवारी साधन र मर्मत सम्भार नगरिएका सडकलगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post