दाङमा चट्याङ लागेर एक किशोरको ज्यान गयाे

दाङको घोराही उपमहानगरपालिका वडा न १९ मा चट्याङ लागेर एक किशोरको ज्यान गएको छ।

चट्याङ लागेर घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउँका १५ वर्षीय शङ्कर विककाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गाईगोरु चराउन गएको समयमा उनलाई शुक्रवार बेलुकी चट्याङ लागेको थियो। उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post