विद्युत् कार्यालयभित्रै कुटिए पत्रकार

भरतपुरबाट सञ्चालन हुने नारायणी अन लाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा कुटपिट भएको भन्दै नेपाल पत्रकार महा संघ।

चितवन शाखाले दोषीलाई कारबाही गर्न माग गरेको छ ।विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका बेलामा आफूमाथि कुटपिट भएको आचा र्यले बताए ।

कार्यालयको मुख्य गेट बन्द गरेर लखेट्दै कुट्ने, लगाए को कपडा च्यात्ने र मोबाइल फोन समेत कार्यालयका कर्मचारीले कब्जा गरेको आचार्यको भनाइ छ ।

महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले शनिबार जारी गरेको विज्ञप्तिमा समाचार संकलनका लागि गएका बेलामा

पत्रकारमाथि भएको कुटपिटमा संलग्न सबै दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाउन माग गरिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post