अछाममा ५ दिनदेखि बेपत्ता एक किशोरको शव यस्तो अवस्थामा फेला

अछाममा पाँच दिनदेखि बेपत्ता किशोरको शव फेला परेको छ। शनिबार बिहान साढे १० बजे पञ्चदेवल विनायक नगरपालिका-४ तल्लो कुच्चीस्थित

भिरमा १७ वर्षीय किशोरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव विष्टले जानकारी दिए।मृत्यु हुनेमा १७ वर्षीय विनोद शाही छन्। उनी नेकपा एमालेका कार्यकर्ता समेत हुन्। उनको शव फेला परेपछि अहिले नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भइरहेको प्रहरी निरीक्षक विष्टले बताए।

एमाले कार्यकर्ताहरूले कांग्रेसका कार्यकर्ताले शाहीको हत्या गरेको आरोप लगाएका छन्।‘एमाले र कांग्रेसका कार्यकर्ताहरूबीच विवाद भएर आक्रोशित भिडले प्रहरीलाई घटनास्थलमा पुग्न दिएको छैन,’ विष्टले भने, ‘हामी अनुसन्धान गर्न मंलगसेनबाट आएका थियौं तर जान सकेका छैनौं।’टोली घटनास्थल नपुगेको हुँदा शवको प्रकृति कस्तो छ भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ।

उनी १७ गतेदेखि नै हराइरहेको बताए पनि प्रहरीलाई शुक्रबारमात्रै मौखिक जानकारी दिइएको थियो।शनिबार प्रहरी कार्यालयमा हुलियासहित निवेदन परेको थियो।प्रहरीले मातहत कार्यालयमा पत्राचार गरेको थियो।

खोजी गर्न सबै युनिटलाई लेखेर समेत पठाएको थियो।त्यसक्रममा स्थानीयले शाहीको शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा अनुसन्धान गर्न गएको टोली अहिले इलाका प्रहरी कार्यालय विनायकमा बसिरहेको छ।दुबै पार्टीका नेताहरूलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सहजीकरण गरिदिनको लागि हामीले नेताहरूलाई मंगलसेनबाट बोलाएका छौं,’ उनले भने।पार्टीका कार्यकर्ताहरूबीच वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनकोदेखि नै लफडा सुरू भएको प्रहरीको भनाइ छ।शाहीको शव फेला परेपछि त्यसदिनदेखि सुरू भएको विवादले उग्र रूप लिएको हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post