कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा धनगढीका एक जनाको मृत्यु

कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका(७ का ७३ वर्षीय भोजबहादुर थापा रहेका प्रहरीले बताएको छ।

प्रहरीका अनुसार मंगलबार कृष्णपुर नगरपालिका-५ मा से ७ प ५५४७ नम्बरको मोटरसाइकल र सु प प्र ०२ ००३ प ९६३१ नम्बरको मोटरसाइकल ठोक्किँदा ४ जना घाइते भएका थिए।दुवै मोटरसाइकलका चालक र पछाडि सवार दुई जना गरी ४ जना घाइते भएका र घाइते मध्येका थापाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाइतेहरुमा धनगढी-७ का ३७ वर्षीय प्रेम थापा, कञ्चनपुरको वेदकोट नगरपालिका-८ का ३१ वर्षीय खडकसिंह ऐर र मझगाउँ आर्मी व्यारेकमा कार्यरत माइते माझीे रहेका प्रहरीले बताएको छ। उनीहरुको उपचार भइरहेको बताइएको छ।





Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post