काठमाडौं – लोक दोहोरी गायिका दिलमाया सुनारको मृ”त्यु प्र”करणमा ज्यानसम्बन्धी क”सूरमा किटानी जाहेरी परेको छ । प्र”हरी वृत्त।
बालाजुमा मृतक सुनार का परिवारले सुनारका प्रेमी भनिएका सूर्य श्रेष्ठविरुद्ध ज्यानस म्बन्धी कसूरमा किटानी जाहेरी दिएको हो ।गायिका सुनारको श”व शनिबार आफ्नै कोठामा फेला परेको थियो ।
आइतबार प्रहरीले उनका प्रेमी श्रेष्ठलाई प”क्राउ गरेको थियो । श्रेष्ठले आफूले सुनारले राति सँगै मदिरा सेवन गरेको तर कतिबेला आत्मह”त्या गरिन् आफूले थाहा नपाएको प्र”हरीलाई बयान दिएका थिए ।
राति खाना खाएर आफू बाहिर निस्किएको उनले बयान दिए, तर प्रहरीले पत्याएन । उनको झुट फेरि समातिइ हाल्यो । किनकि, बिहान ४ बजेतिर मात्रै उनी निस्किए को सीसी टीभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको थियो ।
त्यो हिसाबले ऊ ८ः४५ तिर नेपालटारस्थित दिलमायाको कोठामा पुगेको देखिन्छ’ अनुस न्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘ऊ बाटोमा खसीको मासु किनेर त्यहाँ गएको थियो, कोठामा पुगेर दुई जनाले सँगै खाना बनाएर खाएका रहेछन् ।कोठामा प्रायः
जसो लोकल रक्सी हुँदोरहेछ, सूर्यले रक्सी खाएको बताएका छन्’ ती अधिकृत थप्छन्, ‘तर दिलमायाले चाहिँ ड्यू मात्र खाएको भनेका छन् ।’पाँच लिटर लोकल रक्सी भएको जर्किन आधा खाली भएको अवस्थामा प्र”हरीले कोठामा बरामद गरेको छ । प्र”हरीले श्रेष्ठको बयानकै आधारमा मृ”तक सुनारको सलसमेत महाराज गञ्जबाट बरामद गरेको छ ।
प्र”हरी वृत्त, बालाजुका डीएसपीका अनुसार घ”टना स्थलमा मुचुल्का सकेपछि घरमा बस्ने व्यक्तिहरुसँग सोधपुछ गरिएको थियो ।त्यसक्र ममा उनको घरमा राति एक पुरुष आएको खुल्यो ।
ठ्याक्कै नाम बताउन नसकेपनि घरवेटीले उनीहरुले श्रीमान्–श्रीमतीको रुपमा परिचय दिने गरेको बताउनु भयो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘परि वारसँग बुझ्दा दिलमायाको पहिल्यै डिभोर्स भइसकेको पायौं। त्यसपछि प्रेम सम्बन्ध हुनसक्ने आशंका अनु सन्धान अधिकृतहरुले गरे ।
नभन्दै दिलमाया झण्डै डेढ वर्ष अघिदेखि गोठाटार बस्ने सूर्य श्रेष्ठसँग सम्बन्धमा रहेको खुल्यो । अनुसन्धान अधि कृतहरुका अनुसार उनीसँग सम्बन्धमा रहेको खुलेपछि प्र”हरीले सोधपुछका लागि श्रेष्ठलाई नियन्त्रणमा लियो।
तर उनले सुरुवात्मा दिलमायाबारे अनविज्ञता प्रकट गरे, आफूले पनि स्ट्याटस देखेपछि बारम्बार फोन गरिरहेको बताए । ‘उनको भनाइमा विश्वास गरिहाल्ने आधारमा थिएन ।
त्यसैले प्राविधिक पक्षको पनि विश्लेषण गर्यौं’ एक अधिकृत भन्छन्, ‘त्यसक्रममा उनको मोबाइलको लोकेसन राति त्यही एरियामा मात्र देखिएन, उनको मोटरसाइकल कोठा अगाडि पार्क गरेको क्लोज सर्किट (सीसी) क्यामराको दृश्य नै भेटियो ।
दुईतिरको सीसी क्यामराको समेत फुटेज देखाएर प्रत्यक्षदर्शीलाई समेत भेट गराएपछि उनले शुक्रबार दिलमायाको घरमा गएको स्वीकारे ।
त्यसपछि सूर्यले प्र”हरीलाई दिएको बयान अनुसार उनी प्रेमिकालाई भेट्न भन्दै गोठाटारस्थित पसलबाट शुक्रबार राति ८ बजे निस्किएका थिए