मकैबारीमा काम गरिरहेकी आमामाथि छोराले गरे पछाडिबाट सोच्नै नसक्ने अपराध

माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया

आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिनुभयो ।उहाँका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् ।

छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।यो पनि पढ्नुहोस्। डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारी सोमबार कञ्चनपुरबाट डडेल्धुरा जाँदै थिए । बाटोमा तीन जना भारतीय नागरिकले उनलाई लिफ्ट मागे ।

कैलालीको चुरे गाउँपालिका स्थित खानीडाडासम्म जानेभन्दै लिफ्ट मागेका भारतीय नागरिकले कारमा तेल भरिदिने आश्वासन दिएका थिए । कम्प्युटर अपरेटर भण्डारी पनि तेल भरिदिने आश्वासनले लोभिए र भारतीय नागरिकलाई लिफ्ट दिए ।

बाटोमा चारै जनाले रमाइलो पनि गरे । चारै जनाले गोदावरी नदीमा नुहाएपछि पहाड चढे । तेल भरिदिने आश्वासन दिएका भारतीय नागरिकले उल्टै भण्डारीको कार लगेर फरार भए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार तीन जना भारतीय नागरिकले बाटोमै कारसहित भण्डारीको पैसा लुट्ने योजना बनाएका हुन् ।

लुटपाट गर्ने पूर्ववर्ती योजना त्यस्तो केही थिएन,’ प्रहरी प्रवक्ता जोशीले भने, ‘तर बाटोमा उनीहरूले लुटपाट गर्ने योजना बनाएको देखियो, जसका कारण बुढीतोलामा सरकारी कर्मचारीसमेत रहेका भण्डारीलाई कुटपिट गरेर उनीसँग भएको पैसासहित कार लगेर फरार भए ।’ कुटपिटमा संलग्न भारतीय नागरिकसँग पैसा नभएको र उनीहरूले खर्च निकाल्ने योजना सहित बाटोमै लुटपाटको योजना बनाएको उनले बताए 

लुटपाट गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । तीनै जना सोमबार दिउँसो गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए ।

उनहरूले लुटेको ५ हजार मध्ये ४ हजार ८ सय नगदसमेत बरामद गरिएको प्रवक्ता जोशीले बताए । साथै लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक बेवारिसे अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार कारको डिजिटल डिस्प्ले फुटाइएको छ ।

उनीहरूलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता जोशीले बताए । ‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घरटाको विस्तृत कारण भने अझै खुलेको छैन, तीनै जनामाथि सोधपुछ भइरहेको छ ।

’सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडा सम्म जानेभन्दै तीन जना भारतीय नागरिकले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए ।

पीडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरेसम्म जान लिफ्ट मागेका थिए । तर, कैलालीको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा पुगेपछि उनीहरूले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुट पिट गरी रुखमा बाँधेर कारसहित फरार भएका थिए

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post