सर्लाहीमा २ जना मिलेर आफ्नै भाइको हत्या गरी कुलोमा फाले, बयान सुन्दा प्रहरी नै चकित !

सर्लाही, नितेश पटेल । मानवको वेशमा रहेका दुई जना नरभक्षी राक्षसले एक युवकको ज्यान लिएका छन् ।सर्लाहीमा आफ्नै सहोदर भाईबीच

विवाद हुँदा घाँटी रेटी हत्या गरेको प्रहरीले पुष्टि गरेको हो ।बयान सुन्दा प्रहरी नै चकित भएका छन् । विवाद अत्यन्तै सामान्य हुँदापनि उनीहरुले दाजु किन मारे भन्नेमा आफूहरु नै चकित बनेको अनुशन्धानमा सहभागी एक अधिकारीले बताउनुभयो ।

कविलासी नगरपालिका वडा–८ स्थित अगर्वामा बस्ने स्थानीय राम केवल ठाकुरको छोरा २४ वर्षीय अमरेन्द्र ठाकुरको शव कुलोमा भेटिएको थियो ।

हत्याको सन्दर्भमा प्रहरीले अनुसन्धान गर्दै जाँदा निजको आफ्नै सहोदर भाई अमरकान्त ठाकुर र निजको गाउँकै साथी रुपेश कुमार चौधरी दुई जना मिली हत्या गरेको प्रहरीले खुलासा गरेको छ ।

सोही नगरपालिका अगर्वा चोकभन्दा करीब २ सय मिटर पश्चिम तीर अवस्थित बाँसबारी कुलोको नजिकमा धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएर रगत चारै तीर लतपतिएको अवस्थामा ७ गते बिहानको समयमा ठाकुरको शव फेला परेको थियो।

सहोदर भाई उनीहरू बीच बाद विवाद भएको विषयलाई लिएर निज अमरेन्द्र ठाकुर र निजको सहोदर भाई अमरकान्त ठाकुर र निजको गाउँकै साथी रुपेश कुमार चौधरी दुबै जनाले निज अमरेन्द्र ठाकुर लाई मर्नुपर्छ भनी योजना बनाएको थियो ।

रातको समयमा करीब ८ बजे निजलाई खाना पिनको व्यवस्था छ आउनु हामी सबै जना एकै चोटी खाउँला भनी टेलिफोन मार्फत बोलाई घटना स्थलमा आएपछि हत्या गरेको अनुसन्धनबाट खुलेको प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताउनुभयो ।

पक्राउ पर्नेमा कविलासी नगरपालिका वडा–८ स्थित अगर्वामा बस्ने अमरकान्त ठाकुर र रुपेश कुमार चौधरी प्रहरीले जनाइएको छ ।

पक्राउ परेको विरुद्धमा ज्यान मार्ने शीर्षकमा मुदा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान गरिरहेको बुढाथोकीले बताउनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post