काठमाडौंको नेपालटार र कलंकीमा दुईजना महिलाको…

काठमाडौंको नेपालटारमा एक महिला मृ'त अवस्थामा फे'ला परेकी छन्।शनिबार काठमाडौं महानगरपालिका

नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी एक महिलाको श'व फे'ला परेको काठमाडौं उपत्यका अ'प'राध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।

सुर्खेत घर भई दिल माया विश्वकर्मा भन्ने महिलाको श'व फे'ला परेको हो। उनी खाटमै सुतेको अवस्थामा मृ'त फे'ला परेकी हुन्। घ'ट'ना'बारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।

कलंकीमा एक महिलाको ह'त्या

काठमाडौंको कलंकीमा एक जना महिलाको ह'त्या भएको छ।शनिबार एक महिलाको ह'त्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर ह'त्या भएको हो।

कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्र'हार भएको हो। टाउकोमा ढुंगा प्र'हा'र हुँदा उनलाई नेपाल नेशनल अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा मृ'त्यु भएको हो।

प्रहरीले ह'त्या आ'रो'प'मा एक जना पुरूषलाई प'क्रा'उ गरेको छ। उनलाई प्रहरी वृत्त कालिमाटीले प'क्रा'उ गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post