नदी खोँचमा अनुहार चिन्न नसकिने पुरुष मृत भेटिए

शुक्लागण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार

चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा टाटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । वर्षायामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

य पनि पढ्नुहोस्। पाँचथरमा रुखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ । सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको आज मृत्यु भएको हो ।

गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post