काठमाडौँमा सवारी दुर्घटना: १८ महिने शिशु गम्भीर घाइते, आमाको मृत्यु

गोकर्णेश्वर नगरपालिका ८ मा छहारी क्लब नजिक भएको स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।पुरानो वडा कार्यालय अगाडी जोरपाटीबाट गोकर्ण तर्फ गईरहेको बस र सोही दिशा तर्फ गईरहेको स्कुटर ठोक्किएर भएको।

दुर्घटनामा ओखलढुंगा घर भई गोकर्णेश्वर वडा नं. ४ माईती नेपाल नजिक बस्ने ३२ वर्षीय कुटी शेर्पाको मृत्यु भएको छ ।बा ३ ख ५४३३ नम्बरको बस र बा ८४ प ५५६० नम्बरको स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृतककै १८ महिनाको छोरा फुर्साङ शेर्पा घाईते भएका छन् । घाईते फुर्साङको तत्काल उद्धार गरी नेपाल मेडिकल कलेजमा उपचार भईरहेको छ । स्कुटरमा ३ जना सवार रहेको प्रहरी स्रोतले बताएको छ ।टनाको प्रहरीले छानविन गरिरहेको छ ।

अनुसन्धानका लागि प्रहरीले नजिकको सिसिटिभि फुटेजको सहयोग लिएर अनुसन्धान गर्ने भएको छ । यस्तै, चितवनको ईच्छाकामना गाउँपालिका–४ स्थित धारापानी भन्ने स्थानमा सवारी साधनको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन ।

रूपन्देहीको शुद्धोधन गाउँपालिका–४ स्थित सडकमा लु.७८ प २४०० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–७ मानमटेरिया बस्ने ४५ वर्षीय गंगाराम मल्लाहा रहेका छन् ।

ठक्करबाट गम्भिर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ कर्रापुलस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जना अन्दाजी ३५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेको हाल नाम, थर, वतन खुलेको छैन ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करमा संलग्न शंकास्पद बस र मोटरसाइकललाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post