बुधबार सुन-चाँदीको मूल्य घटेको छ।आज सुन आठ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदी प्रतितोला १२ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज चाँदी प्रतितोला २० रूपैयाँ घटेको हो।