धान राेपिरहेका किसानमाथि खस्यो च’ ट्याङ, चार जनाकाे मृ’ त्यु

कैलाली र कञ्चनपुरमा च,ट्याङ लागेर चार जनाको मृ, त्यु भएको छ । कैलालीमा दुई र कञ्चनपुरमा दुई जनाको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृ, त्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीको कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षकी सुगपंखीदेवी चौधरीको बिहान ८ बजे खेतमा काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

उनका अनुसार चट्याङ लागेर घाइते भएकी चौधरीको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृ, त्यु भएको डीएसपी जोशीले बताए ।यस्तै कैलालीकै गोदावरी नगरपालिका–३ मालाखेतीमा पनि चट्याङ लागेर एक जनाको मृ, त्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको मृ, त्यु भएको हो ।

मालाखेती रेडियन्ट ग्यास कम्पनीको जमिनमा धान रोप्न आएका उनको चट्याङ लागेर आज बिहान मृ, त्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।उता कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृ, त्यु भएको छ ।

वर्षासँगै च, ट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृ, त्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृ, त्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृ, त्यु भएको हो । प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।-हाम्रोबिराटनगरबाट।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post