स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु, स्थिति तनावग्रस्त

आफ्नै स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु भएपछि मोरङको पुरानो सदरमुकाम रंगेली बजार मंगलबार अपरान्ह तनावग्रस्त बनेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

रंगेली नगरपालिका–७ स्थित माउन्ट मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले किच्दा एलकेजीमा पढ्ने ५ वर्षीय बालक ऋतिक मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बसले एलकेजीमा पढने पाँच वर्षीय ऋतिक र सनमकुमारी मण्डललाई किचेको थियो । सनम सख्त घाइते छिन् ।

उनको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । मृतक ऋतिक रंगेली–७ का महादेव मण्डलका छोरा र घाइते सनम रंगेली ६ नरेश मण्डलकी छोरी हुन् ।

विद्यालय छुट्टी भएपछि उक्त बसले विद्यार्थी लिन विद्यालय परिसरमा आउँदै गरेको अवस्थामा दुई बालबालिकालाई किचेको थियो । घटनापछि आक्रोशित स्थानीयले विद्यालयका दुई वटा बस तोडफोड गरेका छन् ।

साथै रंगेली–भद्रपुर हुलाकी मार्ग अवरुद्ध गर्दै सयौं स्थानीयले विद्यालय घेराउ गरेका छन् । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बताए पनि नाम खुलाएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post