राशिफल, वि.सं. २०७९ साल जेठ २६ गते बिहीवार र श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ ज्येष्ठ २६ गते बिहीवार तदनुसार ई. सं. २०२२ जुन ०९ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (तछलाथ्व), इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालमा सूर्योदय : बिहान ०५:०४ बजे र सूर्यास्त :

साँझ ०६:४६ बजे, चन्द्रोदय : दिउँसो ०१:२१ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:४९ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१० बजे र सूर्यास्त : साँझ ०६:५७ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:१४ बजे र सूर्यास्त : साँझ ०७:०३ बजे, ज्येष्ठ शुक्लपक्षको दशमी तिथि, मध्यरात्रीपछि ०२:४६ बजेसम्म, त्यसपछि एकादशी तिथि, हस्ता नक्षत्र, मध्यरात्रीपछि १२:३१ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), व्यतिपात योग, बेलुका १०:३५ बजेसम्म, त्यसपछि वरीयान् योग, सुरुमा तैतिल करण दिउँसो ०३:१० बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०२:४६ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : राक्षस, चन्द्रवणर् : कालो, चन्द्रदिशा :

दक्षिण, योगिनीदिशा : उत्तर, वारशूल : दक्षिण, वाणपञ्चकमध्ये चोर वाण : दिउँसो १२:०७ सम्म, कालराहु चक्रमा कालको दिशा : दक्षिण र पाशको दिशा : उत्तर, आज : गङ्गा दशहरा, रामेश्वर गङ्गा पूजा, हत्यामोचन तीर्थ स्नान, रुरु रीडिक्षेत्र हृषिकेशोत्सव, वज्रगुरु पद्मसम्भव जयन्ती, गोसाइँकुण्ड स्नान समाप्ति, बेहडा बाबामा जलार्पण, बैतडी विश्वनाथ मन्दिरमा दशहरा मेला, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), शिलान्यास (सामान्य), गृह प्रवेश, वस्त्राभरण, घर छाउने/ढलान गर्ने, कलशचक्र एवं हलचक्र, चुल्लीचक्र जुरेको दिन

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २७ गते : श्री निर्जला (भीमसेनी) एकादशी व्रत, तुलसीको दल राख्ने दिन, मुहूर्त : व्रतबन्ध, चूडाकर्म (छेवर), कणर्वेध (कान छेड्ने), अक्षरारम्भ, पसल थाप्ने (दोकान खोल्ने), गृह प्रवेश, वस्त्राभरण, द्रव्यप्रयोग, घर छाउने/ढलान गर्ने, डेरा सर्ने, कलशचक्र, २८ गते : श्री कूर्म द्वादशी, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), गृह प्रवेश, द्रव्यप्रयोग, कलशचक्र, २९ गते : श्री रवि प्रदोष व्रत (निणर्य क्षमता, पदप्राप्ति, स्वास्थ्यरक्षा र शत्रुविजय निमित्त), मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), द्रव्यप्रयोग, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ । निराशा र कुण्ठा बढ्ने समय हो, तर आज नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । जीवनको वास्तविक लक्ष्य पहिल्याउने दिन हो, हरेक मान्छे प्रयास, प्रतिस्पर्द्धा र सिकाइका आधारमा मात्र दक्ष बन्न सक्दछ, अतः मान्यजनहरूको सुझाव र अनुभवबाट नजानेको कुरा सिक्न पाइनेछ ।

आजको भाग्यबल ६५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ६ र शुभ रङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ईर्ष्या गर्नेहरूले आफ्ना प्रयास जारी राख्दासमेत तपाईंको बुद्धि र मिहिनेतले रङ देखाउने समय हो । व्यक्तित्व विकास वा थप अध्ययनको अवसर प्राप्त हुनेछ । कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ । घरमा सम्पर्क राखी भाइबहिनी वा छोरा/छोरीको उन्नति, प्रगति वा आचरणसम्बन्धी कुरामा चिन्ता गर्नु राम्रो हुन्छ ।

आजको भाग्यबल ७० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ५ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

होटल/मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । दौडधूप गर्ने समय हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहने छ । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, त्यस्तै आमाको आशीर्वाद लिन सके हरेक काममा सफल भइने दिन हो । 

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ४ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ नमः भद्रकाल्यै न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा सफलता हासिल हुनेछ, त्यस्तै देखिएका चुनौती निवारण गर्न सहकर्मी वा हाकिमको सहयोग प्राप्त हुनेछ । के कुराले

आफूलाई सहज हुन्छ त्यो कुरा पहिल्याई कार्य गर्नसके मनमा तनाव हुनेछैन, पारिवारिक वातावरण सुखमय रहनेछ । आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ धरणीसुताय नमः न्यूनतम जापसङ्ख्या : १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन् । विगतको लगानीको प्रतिफल प्राप्त हुन थाल्नेछ, त्यस्तै कारोबार र हिसाबकिताव क्लियर गर्ने समय हो, मनको बोझ घट्ने छ र मन चङ्गा हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक रूपमा लाभसमेत पाउन सक्नुहुन्छ ।

आजको भाग्यबल ८० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बन्दव्यापार र कारोबारमा आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो । मनमस्तिष्क नै हलुका र उत्साही बन्नेछ, कामको चापबाट पनि छिट्टै फुर्सद पाइने छ, जीवनसाथीका साथ कुनै सानोतिनो यात्रामा निस्कने योग बनेको छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ ।

आजको भाग्यबल ४० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ केशवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

महत्त्वाकाङ्क्षा राख्नुहुँदैन, नत्र व्यावहारिक समस्या र अपजस खेप्नुपर्ने समय छ । कतिपय स्थितिमा थालेको काम पनि बीचमा नै छाड्नुपर्ने हुन्छ । आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ । मौजमस्ती, आनन्द र रामरमाइलोमा केन्द्रित दिन छ, आर्थिक सङ्कट बढ्ने समय भएकाले मनलाई लगाम लगाउनु बेस हुन्छ ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ३ र शुभ रङ्ग : छिरबिरे/रङ्गीबिरङ्गी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः न्यूनतम जापसङ्ख्या : ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, जस्तै आज कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने दिन छ । रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुने दिन हो । आशावादी बनेर लक्ष्य निर्धारण गर्नुहोस्, हाँके/ताकेका काम पूरा गर्न सकिने छ । काममा सहजता महसुस गर्नुका साथै व्यापार व्यवसायबाट सन्तुष्टि मिल्नेछ । प्रतिद्वन्द्वी र शत्रुले हानि पुर्‍याउन सक्छन्, साथीभाइको सुझाव मार्गदर्शक बन्नसक्छ ।

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : २ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ । नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो, अतः प्रतिष्ठा बढाउने कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । बेरोजगारी हटाउने प्रयास सफल हुनेछ । हाकिम वा वरिष्ठ कर्मचारीसँग निकटता बढ्नाले विशेष लाभ लिनसक्ने समय हो, अतिरिक्त आम्दानी हुनाले तत्कालको गर्जो टार्न सघाउ पुग्नेछ ।

आजको भाग्यबल ९५ प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : रङ्गीबिरङ्गी/छिरबिरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वास्तुदेवताभ्यो नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । शुभचिन्तकहरूको साथ पाइने छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रूचि बढ्ने दिन हो । जनसम्पर्क, सार्वजनिक सम्बन्ध वा नेटवर्किङका माध्यमबाट आयस्रोतमा बढोत्तरी हुनेछ, परिस्थिति बुझेर दिगो सम्पत्ति, घरजग्गा वा सेयर कारोबारमा चासो राख्नु ठीक हुन्छ । 

आजको भाग्यबल ६० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ गुरवे नमः न्यूनतम जापसङ्ख्या : १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ, तर मनको कुरो साथीले नबुझिदिंदा वैचारिक मतभेद हुनसक्छ । पुरुष जातकले ससुराली पक्षमा र स्त्री जातकले माइतीपक्षमा सम्पर्क गर्ने वा परिआएको काममा सघाउने परिस्थिति देखिन्छ । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्न प्रयास गर्नुहोला । परिस्थिति विपक्षमा छ, यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन ।

आजको भाग्यबल ०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ८ र शुभ रङ्ग : गुलाबी वा सिन्दुरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वायुपुत्राय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आन्तरिक प्रतिभा र क्षमतालाई बाहिर निकाल्ने समय हो । लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनसक्ने राम्रो दिन छ । प्रयास गरेमा प्रशस्तै नभए पनि राम्रो आम्दानीको सम्भावना देखिन्छ । विभिन्न भौतिक साधन जुट्नेछन्, तपाईंको व्यक्तित्वले धेरैको मन लोभ्याउन सक्छ । प्रेमिल भावना विकसित हुने दिन हो । कार्यक्षेत्रमा निकै खट्नु परे पनि मनमा सन्तुष्टिको आभास हुनेछ, आज आफन्तसँग वा घरपरिवारमा केही समय बिताउनु राम्रो हुन्छ । 

आजको भाग्यबल १०० प्रतिशत देखिन्छ, साथै आजका लागि शुभ अङ्क : ७ र शुभ रङ्ग : रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कुलदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, प्रदेश नं. एक, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


Post a Comment

Previous Post Next Post