चितवनमा ३० जना बोकेको बस दुर्घटना

चितवनको रत्ननगरमा बुधबार दसउँसो जन्ती बोकेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।रत्ननगर नगरपालिका-२  सब्जीमण्डीस्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिहर

मन्दिरबाट जन्ती बोकेर खैरहनी जाँदै गरेको ना५ख ६४३ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बसमा ३० जना सवार थिए । दुर्घटनामा घाइते भएकाहरूको स्थानीय अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।*****भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला****

Post a Comment

Previous Post Next Post