तारा एयरको बिमान दुर्घटनाको हृदयविदारक दृश्य !!

भिडिओ समचारको अन्त्यमा छ हेर्नुस,,प्लेन उड्नु अघि को पाइलटले बुबालाई गरेको त्यो फोन कल…आइतबार बिहान सिनियर क्याप्टेन प्रभाकर घिमिरेको नेतृत्वमा १९ जना यात्रु बोकेर पोखराबाट***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

जोमसोमतर्फ उड्ने तयारीमा थियो, तारा एयरको ट्वीनअटर जहाज। र,सोही जहाजमा को–पाइलट थिए, उत्सव पोखरेल।बिहान ९ः५५ बजे जहाज पोखराबाट ‘टेकअफ’ हुने तयारीमा थियो। प्लेन उड्नु करिब ४ घण्टा अगाडि बिहानै उत्सवले

जाजरकोटस्थित खंलगामा रहेका बुबा मणिरामलाई फोन गरेका थिए। मणिराम त्यहाँ रहेको नलगाड नगरपालिकामा श्रोत व्यक्ति का रुपमा कार्यरत छन्। जतिबेला छोराले फोनगरेका थिए, त्यतिबेला उनी खलंगाको रम्वामा होटलमा बसिरहे का थिए। अनि, उनीसँगै उक्त नगरपालिकाका प्रमुख प्रशासकी य अधिकृत मनबहादुर गिरी पनि थिए।

छोराको फोन उठाएर मणिराम लाउडस्पिकरमै बोले। ‘एकछि नपछि पोखराबाट जोमसोमको फ्लाइट छ, अब तयारी हुँदैछु,’ उत्सव र बुबाबीचको संवाद छेउमै रहेका

मनबहादुर सुनिरहेका थिए। अहिले सोही जहाज बेपत्ता भएको खबर सुनेपछि मनबहादुर झसंग भएका छन्।उनीहरुबीचको सुखद् वार्तालापपछि हामी दुई जना नलगाड दल्लीतिर हिँड्यौँ,’ उनले फेसबुकमा उनीहरुबीचको वार्तालाप राख्दै लेखेका छन्, ‘दल्ली पुगेको केही समयमा सर आत्तिँदै मकहाँ आएर छोराले चलाएको जहाज सम्पर्क

बाहिर भएको खबर गर्नुभयो। मेरो मनमा पनि तनाव सुरू भयो र गाडीको व्यवस्था गरेर नेपालगञ्जतिर पठाइयो। भगवानसँग पुकार छ, बाबु उत्सवसहित सबै जना जीवितफेला परून्।’बुझिएअनुसार मणिरामका दुई छोरामध्ये उत्सव कान्छा छोरा हुन्।

२५ वर्षिय उनले दुई वर्ष पहिले फिलिपिन्स बाट पाइलट कोर्ष पूरा गरेर उनले तारा एयरमाजागिर सुरु गरेका थिए। त्यस्तै मणिरामका जेठा छोरा उदिप पोखरेल पनि यतिबेला पाइलट बन्नका लागि फिलि पिन्समा छन्।छोरा ‘को–पाइलट’ रहेको जहाज बेपत्ता भएको खबर सुनेपछि।

बुबा मणिराम यतिबेला नेपालगन्ज लागेका छन्। बिहानको संवाद नै अन्तिम नहोस्, सायद यही आशामा***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post