एयर होस्टेज कृष्मी थापाकी आमाको आर्तनाद : मलाई मेरी छोरी भएको ठाउँमा लैजाऊ

पोखराबाट जोमसोमका लागि उडेको जहाज आइतबार बेपत्ता भयो।

दिनैभरि खोज्दा पनि फेला नपरेपछि सुरक्षाकर्मी रित्तो हात फर्किन बाध्य भए।

तारा एअरको नाइन एन एइटी जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको कोबाङमाति सानोसरेमा क्षतविच्छेद अवस्थामा भेटियो।अहिले सुरक्षाकर्मीले शव खोजि रहेको छ। विमानमा सवार चालक दलका ३ सहित २२ जनामध्ये १४ को शव भेटिएको छ। बाँकीको खोजी भइरहेको छ।

सोमबार अपरान्ह पोखरा विमानस्थलमा एअरहोस्टेज कृष्मी थापाकी आमाकाृ आर्तनादले थर्कमान भयो। अहिले पोखरा विमानस्थलमा उनकी आमा सहित आफन्त जम्मा भएका छन्।

आफ्नी छोरी भएको ठाउँमा लैजाऊ भन्दै उनले विलौना गरिरहेकी छिन्।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post