
इलाम नगरपालिका- ८ सिङफ्रिङमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । विगत ३ दिनदेखि बेपत्ता स्थानीय अंदाजी ३१ वर्षीय विनिता काफ्लेको शव गाडिएको अवस्थामा शनिबार फेला परेको हो ।
खनेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले घटनास्थलबाट गाडिएकाे अवस्थामा शव निकालेको थियो ।जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाका अनुसार महिलाको शव घाँटी रे’ टी टाउको र शरीरिको भाग छुट्ट’ याएको अवस्थामा फेला परेकाे हाे ।
उनकाे हात पनि का ‘टेर टुक्रा पारिएकाे अवस्थामा श व भेटिएको हाे ।घटना प्रकृति हेर्दा विनिताकाे ह त्या गरी जमिनमा गाडिएको सजिलै बुझ्न सकिने थापाले बताए । घटनाको थप अनुसन्धान जारी रहेको र हत्याराको पहिचान नजिक पुगेको पनि उनले बताए ।
विनिताका पतिकाे २ वर्षअघि मात्र विदेशमा मृत्यु भएको थियाे । उनकी ४ वर्षीया एक छोरी रहेको स्थानीयले बताएका छन् । घटनाबारे प्रहरीले सूक्ष्म अनुसन्धान जारी राखेको छ ।