कैलालीमा रुखमा झुन्डिएको अवस्थामा दुइ जनाको शव फेला

कैलालीमा रुखमा झुन्डिएको अवस्थामा दुइ जनाको शव फेला परेको छ । कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको तुल्सिपुर सामुदयिक वनको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यलय सुखडले जनाएको छ ।

आज तुल्सिपुर सामुदयिक वनको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेको शव बझाङको जयपृथ्वी नगरपालिका १का २८ बर्षियका अम्मर राज जोशी र अस्मीता सिंह रहेको प्रहरीले जनाएको छ । उनले अस्मितासंग दोस्रो विवाह गरेका हुन्। अमर र अस्मिता केहीदिन घोडाघोडी ५ मा आफ्ना आफन्तसंग बसेका थिए। इलाका प्रहरी कार्यलय सुखडका अनुसार लगभग १२ दिन पहिले नै मृत्यु भएको हुन सक्ने प्रारम्भीक अनुसन्धानबााट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले बझाङमै गत चैत्र २६ गते बिहे गरेर आफन्तकोमा आएका उनीहरू चैत्र २७ गतेदेखि सम्पर्क विहीन भएको बताए ।आज बिहान गोठालाहरूले शव देखेपछि स्थानीयलाई खबर गरेको र स्थानीयले प्रहरीलाई खबर गरेका थिए । डिएसपी जोशीका अनुसार शव सडेको अवस्थामा रहेकोले सोही दिन झुन्डिएको हुन सक्ने बताए । प्रहरीले शव सडेकोले स्थानीयको रोहवरमा मुचुल्का बनाई आफन्तको जिम्मा लगाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post