
मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नंको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नंको स्कुटरलाई आज
बिहान ठ क्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल चाँगुनारायण नपा–३
झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृ त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।स्कुटर पछाडि सवार म्याग्दी बेनी नपा–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
दुर्घ’टनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।(फाइल फोटो)
यो पनि -धनगढी उपमहानगरपालिकाको प्रमुखमा दश जनाको उम्मेदवारी-आसन्न स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको प्रमुखमा १० र उपप्रमुखमा सात जनाले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।उम्मेदवारी दर्ता गराउनेमा राजनीतिक दलका सहित स्वतन्त्र उम्मेदवारसमेत रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपमहानगर प्रमुखमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट नृपबहादुर ओडले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस्तै नेकपा ९एमाले०बाट रणबहादुर चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत पार्टी नेपालका भारती थापा, जनता समाजवादी पार्टीका कलेन्द्र ऐर, राष्ट्रिय जनमोर्चाका अञ्जना श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका निमकुमार चौधरी र स्वतन्त्र गोपाल हमाल, उद्धवराज पन्त र मदनकृष्ण भट्टले उम्मेदवारी दर्ता गराउनुभएको छ ।