
चीनको शंघाई केयर होमका एक वृद्ध बिरामीलाई मृत ठानेर त्यहाँका कर्मचारीले उनको शरीरलाई प्याक गरेर अन्तिम संस्कारका लागि पठाएको घटना सार्वजनिक भएको छ।
शवगृहका दुई कर्मचारीले वृद्धालाई अन्तिम संस्कारका लागि गाडीबाट बाहिर निकाल्ने क्रममा उनी जीवित नै भएको थाहा पाए । कर्मचारीले ती वृद्धा जीवित नै भएको जानकारी अन्य कर्मचारीलाई दिएपछि उनलाई अस्पताल पठाइएको छ ।
घटना सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्रशासनले केयर होमका चार अधिकारीलाई जागिरबाट निकालेको छ ।यो घटनाले चिनियाँ सोसल मिडियामा आक्रोशको माहौल पैदा भएको छ ।
शंघाई जिल्लाको पुटुओ शहरका अधिकारीले सोमबार अबेर राती यो घटनाको पुष्टि गरेका छन् । उनले बिरामीलाई अस्पताल लगिएको र उनको स्थिति स्थिर भएको जानकारी दिएका छन।
हेर्नुहोस् भिडियो