भक्तपुरबाट आयो दुःखद खबर

भक्तपुर,आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् -मुख्यमन्त्री शाहीद्वारा इदको शुभकामना:कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद ९इद उल फित्र०का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले कर्णालीवासीलगायत देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीलाई विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, मेलमिलाप र भातृत्व अभिवृद्धि भई इदले सम्पूर्ण मौलिक संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गराउने उत्प्रेरणा सबैमा जगाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले भन्नुभएको छ, “विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्य हो । मुलुकमा रहेका अनेकौं, जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ । संविधानको यस पवित्र भावनालाई आत्मसात गरी नेपालको राष्ट्रियता र राष्ट्रिय एकताको प्रवद्र्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।”

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post