६० जना यात्रु बोकेको बस सल्यानमा दुर्घटना,हेर्नुहोस

सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । एक जनाको अवस्था भने गम्भीर रहेको छ ।

बाग्चौर नगरपालिका–९ पातिहाल्नाबाट दाङ जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बाग्चौर नगरपालिका–२ शारदा खोलानजिकै दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बस दुर्घटनामा परी घाइते हुनेमा बसमा सवार ९ जना र एक जना मोटरसाइकलमा सवार व्यक्ति पनि छन् ।

Post a Comment

Previous Post Next Post