दुर्घटनामा घाइते भएकी रेनुको यस्तो छ स्वास्थ्य अवस्था

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित

स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरीले जनाएको छ ।मेयरदाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।

उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । गाडी गुल्मी घर भइ ललिपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए ।

Post a Comment

Previous Post Next Post